Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र पहिचान झल्किने पोसाक लगाउन रोक, नियमको उल्लङ्घन गरे कानुन बमोजिम कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र पहिचान झल्किने पोसाक लगाउन रोक, नियमको उल्लङ्घन गरे कानुन बमोजिम कारबाही

  • 1.7K
    Shares

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र पहिचान झल्किने पोसाक लगाउन रोक,  नियमको उल्लङ्घन गरे कानुन बमोजिम कारबाही

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। 

    अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जानकारी दिएको छ ।

    यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने जानकारी दिएको छ। उक्त वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयको भनाइ रहेको छ।

    कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको हो । 

    कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।

    tb.jpg

    images
    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १३:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij