Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटको कारण रसुवागढीमा बाढी आएको पुष्टि

मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटको कारण रसुवागढीमा बाढी आएको पुष्टि


  • 1.3K
    Shares

    मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटको कारण रसुवागढीमा बाढी आएको पुष्टि

    काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जानकारी दिएको छ ।

    विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यस सम्बन्धमा  मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जानकारी दिएको छ ।

    विभागले भन्यो, आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’,। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ ।

    चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ ।

    11_CLK38aY0b5.jpg

    images
    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - ११:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij