Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट हेर्न नभ्याइने, अर्को पेसी असार २९ गते

महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट हेर्न नभ्याइने, अर्को पेसी असार २९ गते


  • 988
    Shares

    महामन्त्री दाबी गर्दै मुकुलले दायर गरेको रिट हेर्न नभ्याइने, अर्को पेसी असार २९ गते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पद दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्चले उक्त रिटमाथि दुवै पक्षलाई छलफलमा बोलाएकोमा आज न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको थियो ।

    इजलासमा २७ वटा मुद्दाको पेसी तोकिएकोमा मुकुलको रिट गोला प्रथामा २० औँ नम्बरमा परेको थियो । बुधबार इजलासले ८ वटा मुद्दा हेरेकोमा अन्य मुद्दा हेर्न नभ्याइने भएका हुन् ।यसअघि गत असार १२ गते उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

    ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । 

    रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको थियो । त्यसपूर्व २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो । 

    ढकालले गत असार ४ गते रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेपछि निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको र अद्यावधिक नभएको विवरण दिएको थियो ।

    images
    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १७:१०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij