Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान‍्को पनि मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान‍्को पनि मृत्यु


  • 9.1K
    Shares

    • images
    श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान‍्को पनि मृत्यु
    images

    श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको मंगलबार राति मृत्यु भएको हो ।  

    उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका डबलसिंहको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिर्पोट पोजेटिभ आएको थियो । 

    उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ । 

    उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो गत १५ गते पुनः गरिएको स्बाव परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए। श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ । रासस

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १३:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij