२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।
विकास कोषले भक्तजनलाई सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोषले दिएको जानकारीअनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ ।
सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ ।
दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको छ । साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न पनि कोषले अपिल गरेको छ ।
२. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।
३. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।
४. तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ ।
कोषले भक्तजनले छिटो र सहज रूपमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेबाट नै मन्दिरका चारै ढोका खुला गरिने समेत जनाएको छ ।
पार्किङका व्यवस्था यसप्रकार छन् :
1. तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन
2. सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन
3. गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन
4. पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन
5. भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij