Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट

ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट


  • 526
    Shares

    • images
    ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट
    images

    काठमाडौं ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्दाङ्माथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।

    ७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्दाङ्गलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।

    घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेपनि नाम खुलाइएको छैन । एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको बताए । उनले कुटपिटमा संलग्नहरुका पहिचान भइसकेकाले बताए ।

    यसैबीच ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले नेता योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै भट्टराईले सर्वसाधारणको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १६:४४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij