Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

उद्धार गर्न गएका प्रहरी सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै

उद्धार गर्न गएका प्रहरी सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै


  • 2.1K
    Shares

    • images
    उद्धार गर्न गएका प्रहरी सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै

    काठमाडौं । रसुवाको बाढीको कारण फसेका नागरिकका उद्धार गर्न गएका सशस्त्र प्रहरी बलको एक जना सहायक हवल्दार भिरबाट खसेका छन् । 

    गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् ।

    २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ । 

    सेनाको हेलिकप्टर मार्फत ल्याएर सशस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा उपचार गराउने तयारी रहेको थापाले बताए ।

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १५:००:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij