२०८२ चैत्र २ गते सोमवार
काठमाडौं। नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए ।
इजरायलको विरूद्ध माओवादी सहितका दलहरू विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसंग पनि छलफल अघि बढाइने धारणा राखे ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरु सहभागी थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij