Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हर्क साम्पाङको श्रमदानमा सहभागी भएका धरानका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस

हर्क साम्पाङको श्रमदानमा सहभागी भएका धरानका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस


  • 1.8K
    Shares

    • images
    हर्क साम्पाङको श्रमदानमा सहभागी भएका धरानका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएका वडा नम्बर- ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ। 

    वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको भन्दै वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटी समक्ष सिफारिस गरिएको एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईले बताएका छन्। 

    २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष धनबहादुर राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशन विपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाही सिफारिस गरिएको उपाध्यक्ष पारसले बताए। 

    उनका अनुसार पार्टीका नेताहरूले पटक-पटक सम्झाउँदा नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको हो। 

    धनबहादुरलाई कारबाही सिफारिस गरिएको विषयमा एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालय बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्। 

    प्रकाशित मिति :आषाढ २१ २०८२ शनिवार - १९:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij