२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले नेपालखबरलाई जानकारी दिए।
'मन्त्रिपरिषद् हेरफेर भयो। १० जनाको मन्त्रिपरिषद् थियो अब ९ जना भयो,' उनले भने। चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्।
चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत नै राखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij