Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यू-१६ इस्ट जोन कप

यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने

यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने


  • 1.3K
    Shares

    यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने

    काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

    पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

    यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी हुनेछ ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १२:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij