Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यु १६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

यु १६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा


  • 1.0K
    Shares

    यु १६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

    पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए ।

    शिवान्स बजगाईं २३ रनका अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

    बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

    फाइनल खेल शनिबार हुनेछ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १०:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij