Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त


  • 1.5K
    Shares

    असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त
    images

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।  बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    कम्पनीले २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको छ ।

    कुल २ लाख ३१ हजार कित्ता मध्ये  ०.५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर, कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिने भएको छ ।

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरेको  कम्पनीले जानकारी दिएको छ ।  

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - ०९:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij