२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक आएको बताएका छन् ।
अर्थमन्त्री पौडेलले बजेट तजबिज ढङ्गले नभई प्रणाली अन्तर्गत निर्माण भएको समेत बताएका छन् । उनले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको बताउँदै उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए ।
करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ रहेको छ ।
नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफलमा रहेको र साझा निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । मन्त्री पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको समेत बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij