Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता

पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता


  • 1.2K
    Shares

    पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ता
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

    पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेकी थिइन् । 

     

     

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १३:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij