२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले बढेको हो।
यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँमा कायम भएको थियो।
साथै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार तोलामा २१ सय ५५ रहेको चाँदी बुधबार २१ सय ४५ रुपैयाँ कारोबार भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij