२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (एयरपोर्ट) का ६ वटा पसललाई कारबाही गरेको छ ।
मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
मूल्य हेरफेर गर्ने ईजि ट्रेडलाई २ लाख ६० हजार रुपैयाँ र एयरपोर्ट टि एण्ड कफी शपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विमानस्थलमा एमआरपीभन्दा बढी मूल्य लिने प्रवृत्ति बढेसँगै विभागले पटक–पटक अनुगमन गर्दै आएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताएका छन् ।
एयरपोर्टका अन्य ४ वटा व्यापारिक फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij