Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला


  • 2.2K
    Shares

    काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत  शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। 

    महानगरपालिकाको शिक्षा विभागले आज  एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

    सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ । 

    विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको वेबसाइट वा सिधै  entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

    महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ। 

    images
    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १०:००:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij