Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नेपाल राष्ट्र बैंकले आज पनि ६० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज पनि ६० अर्ब तान्दै


  • 1.9K
    Shares

    नेपाल राष्ट्र  बैंकले आज पनि ६० अर्ब तान्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंक आज पनि  बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो निक्षेप संकलन उपकरणको भदौ १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    images
    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - ०९:५१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij