Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला आउन बाँकी


  • 1.1K
    Shares

    गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला आउन बाँकी
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । 

    न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा अन्तरिम आदेशका लागि सुनुवाइ भएको हो । 

    यसअघि गत जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

    चार पटक पेसी तोकिएकोमा दुई पटक हेर्न नभ्याइने, एक पटक हेर्न नमिल्ने र गत असार १० गते मिसिल साथै राखेर इजलासमा पेस गर्न आदेश भएको थियो । 

    अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गएको जेठ १३ गते पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए ।  रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको थियो ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १३:५७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij