२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आजको दिन प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
साथै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।अघिल्लो दिन सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij