Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट

रौनकको शतक, स्पीनरको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

रौनकको शतक, स्पीनरको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित


  • 1.0K
    Shares

    रौनकको शतक, स्पीनरको घातक बलिङमा भुटानमाथि नेपालको शानदार जित

    काठमाडौं ।  रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

    नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको छ । 

    नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो ।

    भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए, उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए । सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

    रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

    जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । आजको खेलमा नेपालका २ ओपनर चाँडै आउट भएका थिए । १७ रनमा २ विकेट गुमाएपछि रौनकले शिवांशसँग मिलेर ९१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको साझेदारी गरेका छन् । सुगमले ३५ रन बनाएको छ ।

    त्यसपछि १८०-४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिएको थियो ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

    समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा मलेसियासँग खेल्ने भएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १२:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij