२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुन मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको मुल्य अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको छ ।
महासंघका अनुसार छापावाल सुनको मुल्य आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।
साथै, चाँदीको मुल्य भने बढेको महासंघले जानकारी दिएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको मुल्य आज २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij