Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)


  • 1.2K
    Shares

    यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
    images

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेका छन् । निर्णयहरूमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ ।

    सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

    सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ । बैठकले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ ।

    त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।

    cabinet-13-asar.jpg

     

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १२:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij