Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सुदूरपश्चिममा लगातार भारी वर्षा, उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

सुदूरपश्चिममा लगातार भारी वर्षा, उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन


  • 1.0K
    Shares

    सुदूरपश्चिममा लगातार भारी वर्षा, उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन
    images

    काठमाडौं ।  सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

    लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । 

    मुख्यमन्त्री शाहले भने,– ‘बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’ 

    मुख्यमन्त्री शाहले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन  र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

    जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०५.२ मिलिमिटर वर्षा मापन भएको छ भने कञ्चनपुरमा २७१ मिलिमिटर पानी परेको छ  ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १२:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij