Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध


  • 1.4K
    Shares

    • images
    अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

    काठमाडौं । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ।

    कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

    ‎‎जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा र पहिरो खसेको छ। 

    पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा कालिकोट भित्रिने तथा बाहिरिने सवारी साधनहरू बिचमै रोकिएका छन्।

    ‎‎राजमार्ग अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - ०९:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij