Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ


  • 1.2K
    Shares

    • images
    सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

    काठमाडौं ।  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाइ गरेको छ । 

    समितिले  वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलको आज सुनुवाइ गरेको छ ।
     
    समिति सदस्य जनार्दन शर्माले सिद्धान्त र व्यावहारिक अभ्यासबीच ठूलो अन्तर रहेको जनाउँदै न्यायालयबाट शक्ति पृथकीकरणको सिद्धान्त विपरीत मुद्दाको निर्णय सुनाउँदा विकास निर्माणका काम प्रभावित भएका वास्तविकता सुनाएका छन् ।

    सर्वोच्च अदालत बारको नेतृत्वमा रहेको व्यक्ति सर्वोच्चको न्यायाधीश हुने, न्यायमूर्तिको निष्पक्षता र नैतिकता नै निजको गहना हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिन सुझाएका थिए । 

    गत जेठ ३० गतेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता पोखरेल, न्यायाधीश पौडेल र अर्का न्यायाधीश शान्तिसिंह थापाको नाम तथा प्रधानमन्त्रीबाट न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम संसदीय सुनुवाइका लागि पठाइएको छ ।

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १५:०१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij