Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षा ऐन जारी गर्न सहमति भएको आज अन्तिम दिन, संसदीय समितिको ढोकामा शिक्षक नेताहरूको लर्को

शिक्षा ऐन जारी गर्न सहमति भएको आज अन्तिम दिन, संसदीय समितिको ढोकामा शिक्षक नेताहरूको लर्को


  • 988
    Shares

    • images
    शिक्षा ऐन जारी गर्न सहमति भएको आज अन्तिम दिन, संसदीय समितिको ढोकामा शिक्षक नेताहरूको लर्को

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ । महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । शिक्षक नेताहरू संसदीय समिति सदस्यहरूलाई भेट्न समितिको ढोकामै पुगेका छन्। 

    सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।

    समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।

    शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको छ । समितिको बैठक पनि बिहानका लागि बोलाइएको छ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - ०९:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij