२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुनै लागेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ ।
एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ ।
नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।
कहाँकहाँबाट कसरी हेर्न सकिन्छ रिजल्ट हेर्नुहोस् विवरण-

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij