२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले रोपाइँ कार्यक्रम गर्ने भएको छ।
आउँदो असार १५ गते अर्थात् २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर र तारकेश्वर नगरपालिका-१ स्थित शम्भु राइ फाँटमा संस्थाको १२ औं रोपाइँ दिवस मनाउन लागेको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ गायक शम्भु राईको प्रमुख आथित्यतमा हुने उक्त धान दिवस तथा रोपाईं कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ कलाकारहरुको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा पन्चेबाजासहित लोकदोहोरी गीत साथै रोपाइँ गर्दै हिलो खेल्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिका अध्यक्ष चेतन गोतामे बताए ।
कार्यक्रमसँगै दहि चिउरा खाने र वरिष्ठ गायक तथा कार्यक्रमको प्रमुख अथिति शम्भु राईको समधुर स्वरका गीतहरू सुन्न पाउने आयोजकका सदस्य सुक बहादुर गुरुङ सुब्बाले जानकारी दिए। कार्यक्रमले कृषकहरुलाई थप प्रोत्साहन मिल्ने र यस्ता कार्यक्रममा सहभागी भइ मनोरन्जन लिन आयोजकले सबै स्थानियबासीलाई अनुरोध समेत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij