Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजबाट ‘सिटिजन्स सदाबहार योजना’का इकाइ बिक्री खुला, सर्वसाधारणले ४ करोड २५ लाख इकाइमा आवेदन दिन सक्ने

आजबाट ‘सिटिजन्स सदाबहार योजना’का इकाइ बिक्री खुला, सर्वसाधारणले ४ करोड २५ लाख इकाइमा आवेदन दिन सक्ने


  • 1.6K
    Shares

    आजबाट ‘सिटिजन्स सदाबहार योजना’का इकाइ बिक्री खुला, सर्वसाधारणले ४ करोड २५ लाख इकाइमा आवेदन दिन सक्ने

    काठमाडौं ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहादर योजनाका इकाइहरु आजबाट बिक्रीमा आउने भएको छ। 

    नेपाल धितोपत्र बोर्डले यो खुलामुखी योजनाका इकाइहरु बिक्री गर्न यही असार २ गते अनुमति दिएको थियो।

    उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलाई सुरक्षित राखिएको छ। बाँकी रहेको ४ करोड २५ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने छन्।

    योजना व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार, लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइ सम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनले तोकेको शाखा तथा सीडीएससीको ‘मेरो सेयर’ मार्फत दिन सकिनेछ।

    यस योजनाका इकाइ बिक्री बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुने भएको छ। उक्त समगभित्र पर्याप्त आवेदन नपरेको खण्डमा इकाइ असार २७ गते बैंकिङ समयसम्म बिक्री खुला गरिने छ।

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १२:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij