२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताएका छन् ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । उक्त मुद्दा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij