Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने सम्भावना न्युन, आज पनि संसदीय समितिको बैठक बस्दै

असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने सम्भावना न्युन, आज पनि संसदीय समितिको बैठक बस्दै


  • 1.8K
    Shares

    • images
    असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित हुने सम्भावना न्युन,  आज पनि संसदीय समितिको बैठक बस्दै

    काठमाडौं ।  असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित हुने सम्भावना न्युन देखिएको छ । सरकारले असार १५ गतेभित्रै विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएको थियो । यो बाचासहित सरकारले शिक्षक महासंघसँग सहमति समेत गरेको थियो ।

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयक अगाडि बढाउन धेरै ढिला नगरिने बताएका छन् ।

    असार १५ गतेको समयसीमामा केही विलम्ब हुने अवस्था बनेको तथापि, समिति सहमतिको लागि प्रयासरत रहेको उनको जानकारी दिएका छन् ।

     शुक्रबार पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आज बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्ने तय भएको छ ।

    हिजो पनि समितिको बैठक दिनभरजसो बसेको थियो  भने तर, विधेयकका कतिपय प्रावधानमा सहमति जुट्न सकेको छैन । निजी विद्यालय सञ्चालन गर्न सक्ने प्रावधान यथावत राख्ने सरकारको प्रस्ताव छ । 

    हाल शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालनको अनमुति प्राप्त हुने व्यवस्था रहेको छ । यसलाई बदलेर कम्पनी कानुनअनुसार विद्यालय खोल्न दिन लागिएको छ । यो समितिले विद्यालय शिक्षा विधेयकमा राख्न लागेको नयाँ प्रावधान हो ।

    दलहरूबीच जुटेको सहमतिअनुसार कक्षा १० को एसइई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुने भएको छ । ।

    कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षामा प्रारम्भिक बाल विकासलाई समेट्न दलहरू सहमत भएका छन् । तर, सरकार तयार भएको छैन । 

     

     

     

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १०:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij