२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज शुक्रवार बजारमा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य शुक्रवार प्रतितोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij