Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिन्धुपाल्चोक घटना

१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या

१६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या


  • 1.8K
    Shares

    • images
    १६ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या


    काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा एक जना किशोरी मृत भेटिइन् । कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

    उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका छौँ ।’

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ । मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादिखोला जङ्गलमा किशोरीको शव फालेर भागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    काठमाडौंबाट तालिमप्राप्त कुकर लगेर घटना अनुसन्धान गरिएको थियो । प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १०:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij