२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १३, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।
बाढी महाशाखाका अनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।
यस्तै आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ, मकवानपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। महाशाखाले यी ८ जिल्लालाई पहेँलो रङमा राखेको छ। यसको अर्थ सामान्यभन्दा बढी अर्थात् मध्यम जोखिम छ भन्ने हो। अर्को शब्दमा यसलाई ‘एल्लो अलर्ट’ पनि भनिन्छ।
यस्तै आज झापा, इलाम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, भोजपुर, दोलखा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, प्युठान, हुम्ला, जुम्ला, बाजुरा, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, दार्चुला, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij