२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सामाजिक सञ्जालमा मनपरी भनेको भन्दै पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई टिकटकमार्फत गालीगलौज गर्दै मनपरी भनेको आरोपमा उनी पक्राउ परेकी थिइन् । बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै बुधबारमात्रै मुद्दा दायर गरेको थियो । बस्नेतलाई प्रहरीले गत असार एक गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
गृहमन्त्री लेखकले भिजिट भिषा प्रकरणमा राजीनामा नदिएको, महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रमाण पेस नगरी दुःख दिएको लगायत आरोप लगाएकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij