Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्पको डसाइबाट ४६ वर्षीया शान्तिको मृत्यु

सर्पको डसाइबाट ४६ वर्षीया शान्तिको मृत्यु


  • 1.4K
    Shares

    सर्पको डसाइबाट ४६ वर्षीया शान्तिको मृत्यु

    काठमाडौं ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

    स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । 

    बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

    कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - ११:०९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij