Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको मुद्दासहित एनआरएनएका चार वटा मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको मुद्दासहित एनआरएनएका चार वटा मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

  • 1.5K
    Shares

    परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको मुद्दासहित एनआरएनएका चार वटा मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन विवादसम्बन्धी चार वटा मुद्दामा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । 

    न्यायाधीशत्रय तिल प्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको छ । 

    जसमा बालुवाटारस्थित सचिवालयबाट काम गर्दै आएका बद्री केसीले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको मुद्दा, बद्री केसीले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको अर्केो मुद्दाका साथै परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राजेश शम्शेर राणालाई विपक्षी बनाएर दायर गरेको दुई वटा मुद्दाहरु रहेका छन् ।  

    जुन सबै मुद्दा एनआरएनएको महाधिवेशनसँग सम्बन्धित विवाद रहेका छन् । जुन विवादमा गत वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश  दिएको थियो । 

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १०:३७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij