Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी

गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी


  • 2.1K
    Shares

    • images
    गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी

    काठमाडौं। गुडिरहेको अवस्थामा इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । काठमाडौंको रत्नपार्कमा आज बुधबार बिहान करिब ९:४० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।
     
    आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त, सिंहदरबारले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् । 

    स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - ११:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij