Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

खानी खोला हाइड्रोपावरले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति

खानी खोला हाइड्रोपावरले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति


  • 1.3K
    Shares

    • images
    खानी खोला हाइड्रोपावरले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति

    काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई आज असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।

    धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।  बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने भएको छ भने १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।

     उक्त शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। 

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १०:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij