Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु


  • 1.5K
    Shares

    • images
    सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

    काठमाडौं । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर -१० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा प्रमुख,प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

    मृतक दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरुले ८:१५ बजे मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए । 

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १०:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij