२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
सिंहदरबारमा नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उहाँले यस्तो प्रतिक्रिया दिए। भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताएका छन् भने समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij