Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२ हजार ४३१ कर्मचारीले सम्पत्ति विवरण बुझाउन गरे अटेर

२ हजार ४३१ कर्मचारीले सम्पत्ति विवरण बुझाउन गरे अटेर


  • 1.6K
    Shares

    • images
    २ हजार ४३१ कर्मचारीले सम्पत्ति विवरण बुझाउन गरे अटेर

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा देशभरका २ हजार ४३१ सरकारी कर्मचारीले म्यादभित्र आफ्नो चल–अचल सम्पत्ति विवरण बुझाएको अटेर गरेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार सम्पत्ति विवरण नबुझाउनेले अब दोब्बर जरिवाना तिर्नुपर्ने बताइएको छ ।

    राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार १ हजार ७०५ निजामती कर्मचारी, ७१ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र ६४० शिक्षकले तोकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश नगरेका हुन् । 

    भ्रष्टाचार निवारण ऐन, २०५९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१९क० उपदफा ९१० र निजामती सेवा नियमावली, २०५० को नियम ११८९१० अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले हरेक आर्थिक वर्षको समाप्तिपछि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    महानिर्देशक पोखरेलका अनुसार, सम्पत्ति विवरण नबुझाउने व्यक्तिलाई उचित कारण नभएमा आगामी आर्थिक वर्षदेखि रु १० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । पहिले रु ५ हजार रहेको जरिवाना हाल संशोधन गरी दोब्बर अर्थात रु १० हजार बनाइएको छ ।
     
    यस आर्थिक वर्षमा ८५ हजार ६४१ निजामती कर्मचारी र ९८ हजार ७५ शिक्षक सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्वमा थिए । 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १४:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij