Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालेन्द्र र प्रमुख प्रशासकीय अधिकृत गुरागाईबीचको द्वन्द्व, काठमाडौं महानगरको बजेट आज नआउने

बालेन्द्र र प्रमुख प्रशासकीय अधिकृत गुरागाईबीचको द्वन्द्व, काठमाडौं महानगरको बजेट आज नआउने


  • 1.8K
    Shares

    • images
    बालेन्द्र र प्रमुख प्रशासकीय अधिकृत गुरागाईबीचको द्वन्द्व, काठमाडौं महानगरको बजेट आज नआउने

    काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सम्पन्न गर्नु पर्ने हुन्छ ।

    यो व्यवस्थाअनुसार अहिलेसम्म तीनवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् । दुईवटा महानगरको अधिवेशन आज चलिरहेको छ । तर, देशकै ठूलो महानगर काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ ।

    अहिलेसम्म पोखरा, भरतपुर र वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । त्यस्तैस आज विराटनगर र ललितपुर महानगरपालिकाले बजेट अधिवेशन गरिरहेका छन् ।

    काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।

    बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।

    मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १४:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij