Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन


  • 1.4K
    Shares

    • images
    स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

    काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । 

    मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् । 

    कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताए । आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताउनु भयो । ओएनएम फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन्। 

    प्रदर्शनमा सहभागी भएकाहरुले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् । 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १३:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij