Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिजो विमानस्थलमा अलपत्र परेका २६९ यात्रु गन्तव्यतर्फ जान थाले

हिजो विमानस्थलमा अलपत्र परेका २६९ यात्रु गन्तव्यतर्फ जान थाले


  • 1.8K
    Shares

    • images
    हिजो विमानस्थलमा अलपत्र परेका २६९ यात्रु गन्तव्यतर्फ जान थाले

    काठमाडौं ।  हिजो इरानले कतारमा मिसाइल आक्रमण गरेपछि रद्द भएको नेपालबाट कतारको उडान अहिले हुने भएको छ । हिजो राती ११ बजेको उडान रहेको नेपाल एयरलाइन्सको उडान आज हुने भएको छ ।

    सोमबार राति ११स्३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । 

    नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले हिलो राती ११ बजेको उडान अहिले १२ बजे गर्ने भने पनि अब उडानको तयारी रहेको बताएका छन् । उनले भने, ‘आज दिउँसो १२ बजे उड्ने भने पनि अहिलेसम्म उडेको छैन । बोर्डिङ पास भइसकेको छ । अबको केही समयमा जहाज नेपालबाट कतार उड्ने छ ।उक्त जहाजमा २६९ यात्रु रहेका छन् ।’

    महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गरेका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु रहेका थिए । उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ ।  

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १२:२८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij