Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित ३९ वर्षीय महिलाको मृत्यु

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित ३९ वर्षीय महिलाको मृत्यु


  • 1.8K
    Shares

    • images
    नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित  ३९ वर्षीय महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ ।आज मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

    मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या आएको थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

    परीक्षणका क्रममा कोरोना संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका  छन् ।

    कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना  रहेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १२:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij