Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५९ करोड ८२ लाखको बजेट प्रस्तुत गर्दै सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न

५९ करोड ८२ लाखको बजेट प्रस्तुत गर्दै सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न


  • 1.7K
    Shares

    • images
    ५९ करोड ८२ लाखको बजेट प्रस्तुत गर्दै सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न

    गोरखा । सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा आज सम्पन्न भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो चालु वर्षको तुलनामा करिब १ प्रतिशतले कम हो।

    गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार राजस्व उठाउने अनुमान गरेको छ। संघ र प्रदेश सरकारबाट मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दस्तुर, सवारी कर लगायतका शीर्षकबाट रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२ प्राप्त हुने अनुमान गरिएको छ।

    512731771_710181905258119_2279805898028192144_n.jpg

    संघीय सरकारबाट:

    समानीकरण अनुदान: रु १४ करोड १६ लाख

    सशर्त चालु अनुदान: रु २४ करोड ९८ लाख

    सशर्त पूँजीगत अनुदान: रु २१ लाख

    विशेष पूँजीगत अनुदान: रु १ करोड ६ लाख

    समपूरक पूँजीगत अनुदान: रु ८७ लाख

    प्रदेश सरकारबाट:

    समानीकरण अनुदान: रु १ करोड ९९ लाख ७८ हजार

    समपूरक पूँजीगत अनुदान: रु ६० लाख

    विशेष अनुदान: रु ४० लाख

    गत वर्षको नगद मौज्दात तथा जनसहभागिता समेत जोडेर कुल रु ५९.८२ करोड बराबरको बजेट विनियोजन गरिएको हो। विनियोजित बजेटमध्ये २२ प्रतिशत पूँजीगत खर्च र ७८ प्रतिशत चालू खर्च रहेको छ।

    विषयगत बजेट विनियोजन विवरण:

    आर्थिक विकास क्षेत्र: २.४%

    सामाजिक विकास क्षेत्र: १०.४%

    पूर्वाधार विकास क्षेत्र: १४.२%

    सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: २.७%

    कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: १८.६%

    सशर्त तथा विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयन: ५१.७%

    गाउँसभामा प्रस्तुत बजेटले आगामी वर्षका योजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १७:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij