Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नयाँ मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघ कोशीको २० बुँदे सुझाव प्रस्तुत

नयाँ मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघ कोशीको २० बुँदे सुझाव प्रस्तुत


  • 1.3K
    Shares

    नयाँ मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघ कोशीको २० बुँदे सुझाव प्रस्तुत
    images

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई २० बुँदे सुझाव प्रस्तुत गरेको छ । 

    महासंघले हालको आर्थिक शिथिलतालाई सम्बोधन गर्न कर्जा नीतिमा लचकता अपनाउन, अव्यवहारिक प्रावधानहरू खारेज गर्न र ब्याजदरमा स्थायित्व कायम गर्न जोडदार माग गरेको छ ।

    महासंघका कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा कर्जा पुनरतालिकीकरण वा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गर्न पाउनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । 

    महासंघले चालुपुँजी कर्जालाई वर्षको एकपटक ७ दिनका लागि शून्य गर्नुपर्ने व्यवस्थालाई ‘असान्दर्भिक’ भन्दै खारेज गर्न माग गरेको छ ।

    ‘साना व्यवसायले तयार गरेका रिपोर्टहरू केवल ‘फर्म फिलिङ’ मात्र हुन्, त्यसको आधारमा वित्तीय आवश्यकता निर्धारण गरिनु हास्यास्पद छ,’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, एड-हक कर्जा दोस्रो पटक दिँदा बैंकको सञ्चालक समितिबाटै पास गराउनुपर्ने र त्रैमासको अन्त्यमा कर्जा प्रवाह रोक्ने व्यवस्था अव्यवहारिक भएकोले सुधार गरिनुपर्ने महासंघको ठहर रहेको छ ।

    महासंघले सेयर धितो कर्जाको सीमा हालको ७० प्रतिशतबाट बढाएर कम्तीमा ८० प्रतिशत पुर्‍याउन माग गरेको छ  भने त्यसैगरी, घरजग्गा तथा रियलस्टेट कर्जामा हाल कायम ५० प्रतिशतको धितो मूल्याङ्कन अनुपातको सीमा बढाउन पनि सुझाव दिइएको छ । 

    ब्याजदरको अनिश्चितताले व्यवसायमा नकारात्मक असर पारेको भन्दै महासंघले ब्याजदर निर्धारणमा स्पष्ट, पारदर्शी र पूर्वसूचित मापदण्ड अपनाएर स्थायित्व दिन आग्रह गरेको छ ।

    आयातमा निर्भर उद्योगका लागि विदेशी मुद्रा विनिमयमा सहजता प्रदान गर्न, निर्यातमुखी उद्योगलाई लक्षित कर्जा र ब्याज अनुदानको व्यवस्था गर्न तथा महिला, युवा र स्टार्टअप उद्यमीहरूका लागि विशेष कर्जा योजनालाई निरन्तरता र विस्तार गर्न पनि सुझाइएको छ ।

    कोभिड, महँगी र राजस्व संकटजस्ता कारणले प्रभावित व्यवसायलाई राहत दिन कर्जाको पुनः तालिकीकरणमा लचिलो नीति अपनाउनुपर्ने माग समेत विज्ञप्तिमा उल्लेख  रहेको छ । 

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij